श्रमको सम्मान भए मात्र गुरुहरूको सम्मान हुन्छः मेयर साह

श्रमको सम्मान भए मात्र गुरुहरूको सम्मान हुन्छः मेयर साह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मन्त्रोच्चारण गरेर मात्र गुरुहरूको सम्मान नहुने बताएका छन्।

गुरु पूर्णिमाको अवसरमा सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै साहले श्रम ऐन र शिक्षा ऐनको पूर्ण कार्यान्वयनले मात्र गुरुहरूको सम्मान हुने जनाएका हुन्। ‘सबै गुरुहरूलाई आज गुरु पूर्णिमाको दिन सम्झिँदै गर्दा उनीहरूको तलब सुविधालाई श्रम ऐनले कि शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचिदिऔँ,’ उनले लेखेका छन्,‘गुरुलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ।’

समयको क्रम र आवश्यकता अनुसार ऐन कानुनहरू पनि परिवर्तन हुँदै जाने र जानुपर्नेमा पनि साहले जोड दिएका छन्। नियमहरूले आफ्नै सभ्यता, समाज र विकासक्रमको आधारमा हुने जनाउँदै उनले लेखेका छन्,‘आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकासक्रमले गुरुलाई श्रम गर्ने मात्रको कोटीमा राख्दैन । राख्थ्यो भने सदियौँदेखि भनिँदैन थियो।’

 

Skip This
Skip This
Logo