सोसल मिडियामा गाली गरेकै भरमा राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोजियाेः प्रधानमन्त्री प्रचण्ड

सोसल मिडियामा गाली गरेकै भरमा राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोजियाेः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने प्रवृति बढेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्दै उनले देशभित्र अहिले अराजकता बढेको बताएका हुन्।

‘बलिदानको बलमा प्राप्त भएको परिवर्तन अहिले विचारको आवश्यकताको महसुस नगर्ने र सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रीत हुन पर्ने नपर्ने, सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने जुन प्रवृति देखिएको छ।’उनले भने, ‘हामीले आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्न हो पहल नगर्ने हो भने हेलचेक्याई गर्ने हो भने सिस्टम नै कोल्याप्स हुन्छ।’

उनले हाम्रो भन्दा राम्रो एजेण्डा र विचार लिएर जनताको जीवन परिवर्तन गर्न आउने हो भने ठाउँ छाड्न कुनै गाह्रो नभएपनि हजारौं पटक विचार गर्दा त्यस्तो स्थिति नभएको बताए। 

Logo