कोशी प्रदेश सरकारबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

कोशी प्रदेश सरकारबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश सरकार गठनको विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेश सरकार गत शुक्रबार ढलेको थियो।

कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन्।कोशी प्रदेशमा माओवादी, कांग्रेस कुन दलले सरकारको नेतृत्व गर्ने भनेर निर्णय पनि हुन सकेको छैन । 

Logo