परराष्ट्रमन्त्री साउद मंगलबार अजरबैजान प्रस्थान गर्ने

परराष्ट्रमन्त्री साउद मंगलबार अजरबैजान प्रस्थान गर्ने

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।  

अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन: उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई मन्त्री साउदले असार २० गते सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा उनले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ । उनी असार २३ गते स्वदेश फर्कनेछन् । 

Skip This
Skip This
Logo