उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो जिम्मेवारी राम्ररी निभाउन निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरवारमा आयोजित आधरभुत सरसफाई तथा स्वच्छता तालिम समापन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले हरेक कामको आ-आफ्नै महत्व भएको भन्दै आफ्नो जिम्मेवारी गम्भिर भएर पूरा गर्न निर्देशन दिएका हुन् ।
‘जिम्मेवारी ठूलो वा सानो हुँदैन । कुनै पनि काम सानो हुँदैन । हरेक कामको आफ्नै महत्व छ । र यो काम सामुहीक रुपमै गर्नु पर्ने हुन्छ । त्यसैले तपाईहरुले हिनताग्रन्थी मैले सानो काम गरिरहेको छु भनेर आफ्नो शीर झुकाउनुपर्ने अवस्था छैन । तर जिम्मेवारी चाँही सबैले पूरा गर्नुपर्छ ।’
सरकारले समानताको सम्बन्ध राख्ने र यो तालिमको प्रगति देख्दा आफैले पनि लिन पाएको भए हुन्थ्यो जस्तो लागेको उनको भनाई छ । सबैले आफुले सकेको जति काम आफैले गर्नुपर्ने र सिक्नेकुरामा कहिले विराम लगाउन नहुने उनले बताए ।





























प्रतिक्रिया