सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग कार्यविधिको म्याद थप गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सत्य निरुपपण तथा मेलमिलाप आयोगको कार्यविधिको म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोग र सत्य निरुपपण तथा मेलमिलाप आयोगको कार्यविधिको म्याद २०८० पुष मसान्तसम्म थप गर्न बाधा अड्काउ फूकाउ आदेश जारी गर्ने निर्णय आजको बैठकले गरेको छ।’
त्यस्तै प्रवक्ता शर्माले बैठकले निजामति सेवाको विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको पनि जानकारी दिइन् ।





























प्रतिक्रिया