‘प्राकृतिक चिकित्साबारे मुलुक कस्तुरीको विना जस्तो अवस्थामा’ -स्वास्थ्यमन्त्री बस्नेत

‘प्राकृतिक चिकित्साबारे मुलुक कस्तुरीको विना जस्तो अवस्थामा’ -स्वास्थ्यमन्त्री बस्नेत

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल प्राकृतिक चिकित्साको बारेमा कस्तुरीको विना जस्तो अवस्थामा रहेको बताएका छन् । 

बुधबार नेपाल सरकारद्धारा राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले प्राकृतिक चिकित्सालाई महत्वमा राखेको बताएका हुन् । 

उनले भने, ‘हामीले हाम्रो उपचार पद्धतिलाई विकसित गर्ने मात्रनभइनिरोगीहुने कुरालाई पनियसले व्यवस्थापन गर्छ । यसलाई व्यवस्थापन गर्ने कुरामा हामी हिमाली मुलुक जडिबुटीको भण्डार भन्छौं । जडीबुटी एकभारी लगेर दिँदाखेरि एक कर्केली उपलब्धि पाउँछौं । त्यसैले कस्तुरीको नाईटोमा विना छ भन्ने कुरा उसैलाई थाहा नभएको जस्तो गरि हामी बसिरहेका छौं ।’ 

मन्त्री बस्नेतले प्राकृतिक चिकित्साको बारेमा सरकारले केही न केही गरेको चर्चा गर्दै प्राकृतिक चिकित्सा विज्ञ डाक्टरको नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिए । ‘सरकार र प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञहरुबीच संवाद आवश्यक छ, यो समस्या समाधान गर्न मन्त्रालयले केही गरेन भन्नु भयो अब यसका एउटा दरबन्दी सिर्जना गरेर तुरुन्तै आठौं तहको एक जना प्राकृतिक शिक्षा चिकित्सा विज्ञ डाक्टरको नियुक्त गर्ने कुरामा अगाडि बढाउनुस्, सातवटै प्रदेशमा १ सय बेडको प्राकृतिकचिकित्सा अस्पताल खोल्ने प्रक्रिया पनि सरकारले अघि बढाइसकेको छ । ’ 

मन्त्री बस्नेतले प्राकृतिक चिकित्साको क्षेत्रमा मन्त्रालय र विभागसंँग समन्वय गरेर आगामी दिनमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

Skip This
Skip This
Logo