प्रधानमन्त्रीले अभिव्यक्तिकै कारण राजीनामा दिनु नपर्ने गठबन्धनको निष्कर्ष

प्रधानमन्त्रीले अभिव्यक्तिकै कारण राजीनामा दिनु नपर्ने गठबन्धनको निष्कर्ष

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्तिकै कारण राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले विवादीत अभिव्यक्तिकै कारण प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 

‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका सांसदहरुले संसल अवरुद्ध गर्दै राजीनामा मागेपछि गठबन्धनका दलहरुले छलफल गरेका हुन् । बुधवार संसद्का दुवै सदन चल्न नसक्दा सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्न ल्याएको अध्यादेशसमेत निष्क्रिय भएको थियाे ।  

नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा मंगलबार प्रधानमन्त्री दाहालले भनेका थिए- ‘उहाँ (सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’ 

आजको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी थिए । 

Logo