समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दैछ। आलाेकनगरस्थित नेकपा (एकीकृत समाजवादी)काे पार्टी कार्यालयमा दिउँसाे ४ बजेपछि बैठक सुरु हुने जनाइएकाे छ। बैठकमा समसामयिक राजनीतिक विषय र आगामी रणनीतिमाथि छलफल हुने मोर्चामा आबद्ध नेताले बताएका छन्।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा ४ असारमा समाजवादी मोर्चा घाेषणा भएकाे थियाे।नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाबाहेक माेर्चाका तीन दलहरू सत्तारुढ गठबन्धनमै छन्। मोर्चामा सामेल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सरकारमा सामेल छन्।































प्रतिक्रिया