राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले तीन नेताको मुडमा संसद चल्न नसक्ने बताएका हुन् । ‘सदन केही नेताको मुडमा चल्ने चिज होइन, सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हो’, उनले भने, ‘जनताले हामीबाट धेरै अपेक्षा गरेका छन् ।’
नेकपा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएकोमा समेत उनले आक्रोश पोखे । सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएको उनको गुनासो थियो ।





























प्रतिक्रिया