काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाङ भन्छन्, ‘नडराउनुहोस’

काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाङ भन्छन्, ‘नडराउनुहोस’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन्। आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर साहलाई धरानका मेयरले ढाडस दिएका हुन्। 

अदालतले आफूलाई अपराधी बनाएको भन्दै साहले आइतबार साँझ ट्विट गरेपछि साम्पाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिवद्धता जनाएका हुन्।  साहले आइतबार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,‘आज एउटा विशेष दिन,आजबाट म तारिखमा छु,भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा।म आज बाट अपराधी।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले ट्विटरमा जवाफ दिँदै लेखे,‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौँ।’ 

Logo