संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुने बताएका छन्।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले अभियानको सुरुआत प्रधानमन्त्री प्रचण्डले सुरु गरिसकेको बताएका हुन्।
कार्यक्रममा बाेल्दै उनले भने,‘नेपाली समाजलाई समाजवादमा पुर्याउने काम हामीले गर्नैपर्छ। यो हाम्रो कार्यभार हो। त्यो थालनी प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ,आजको सापेक्षतामा भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुन्छ।’





























प्रतिक्रिया