संसद बैठकअघि एमालेले बाेलायाे संसदीय दलको बैठक

संसद बैठकअघि एमालेले बाेलायाे संसदीय दलको बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्ने भएको छ । 

संसद अवरोध खुलाउनेबारे सिंहदरबारमा जारी शीर्ष नेताहरुको बैठकपछि बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हाे । एमाले संसदीय दलको कार्यालयअनुसार बैठक २ बजे बस्ने गरी बोलाइए पनि शीर्ष नेताहरुको जारी बैठकपछि मात्र बस्ने छ । 

अवरुद्ध संसद खुलाउने बारे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा छलफल जारी छ । 

यसअघि हिजो बसेको बैठकले संसद खुलाउने सहमति जुटाएपनि पछि एमाले सांसदहरुको असहमतिपछि बैठक बस्न सकेन । आज अपरान्ह ३ बजेका लागि संसद  बैठक बेलाइएको छ । 

Logo