संसद बैठक असार २९ गतेसम्मका लागि स्थगित

संसद बैठक असार २९ गतेसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक आगामी असार २९ गतेसम्म स्थगित भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो । अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे । 

सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुईदेखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । 

Logo