कसैले भन्दैमा राजीनामा दिन्नँ, तर मेराे अन्तरमनले भने एक सेकेण्ड बस्दिनँः प्रधानमन्त्री

कसैले भन्दैमा राजीनामा दिन्नँ, तर मेराे अन्तरमनले भने एक सेकेण्ड बस्दिनँः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले भन्दैमा राजीनामा नदिने तर आफ्नो अन्तरमनले भने एक सेकेण्ड पनि पदमा नबस्ने बताएका छन् । 

सोमबार संसद बैठकमा आफूमाथि लागेको आरोपको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदमा कस्ले नैतिकता देखायो कस्ले देखाएन भन्ने विषयमा गम्भीर हुन आग्रह गरे । राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले उठाएको विषय र मागेको राजीनामाको जवाफ दिँदै उनले भने ‘यसो केही लाग्ने वित्तिकै संसद अवरुद्ध गरी हाल्ने क्रम रोकौं । ’ 

प्रधानमन्त्री दाहालले नैतिकताको आधारमा कस्ले कति गर्या छ भन्ने बारेमा विवेचना गर्दै भने, ‘दुई-दुई पटक मैले राजीनामा दिदाँ तपाईले पढ्नु भाको छ कस्तो परिस्थितिमा दिएँ मैले के आधारमा दिएँ । म माननीय सदस्यलाई छातीमा हात राखेर गम्भीर रुपमा विचार गर्न नैतिकता कस्ले देखायो यो देशमा कल्ले देखाएन । त्यसको विवेचना गर्न म हार्दिक अनुरोध गर्छु ।’ 

Logo