‘नवीन राप्रपा-२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा ज्ञानेन्द्र शाही र कर्णाली प्रदेशको सहसंयोजकमा धनबहादुर बुढालाई जिम्मेवारी दिइएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा-२०८०’को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा शाही र कर्णाली प्रदेशको सहसंयोजकमा बुढालाई जिम्मेवारी तोकेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। शाही पार्टी प्रवक्ता तथा संसदीय दलको प्रमुख सचेतक हुन् भने बुढा सहमहामन्त्री हुन्।






























प्रतिक्रिया