राष्ट्रियसभा बैठकमा आज विनियोजन विधेयक २०८० पारित हुने

राष्ट्रियसभा बैठकमा आज विनियोजन विधेयक २०८० पारित हुने

केन्द्रबिन्दु
0
Shares

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।  अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० पारित गर्न प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।    

Skip This
Skip This
Logo