राष्ट्रपति पौडेलले दिए टेलिफोन गरेर प्रधानमन्त्री प्रचण्डलाई समवेदना

राष्ट्रपति पौडेलले दिए टेलिफोन गरेर प्रधानमन्त्री प्रचण्डलाई समवेदना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्। 

राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्।दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
 

Logo