माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकापा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो। 

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो। 

सिता दाहालले मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्‍याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्‍याएको थियो। पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरुपमा सहभागी थिइन्।

पार्टी सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

Skip This
Skip This
Logo