नेपाली भाषामै ट्वीट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

नेपाली भाषामै ट्वीट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्। उनले बुधबार ट्विट गर्दै सीताको निधनको खबरले मर्माहत भएको बताएका छन्। उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गरेका छन्। 

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति,’उनले लेखेका छन्।  उनले यही ट्विट अंग्रेजीमा समेत गरेका छन्। सीता दाहालको बुधबार बिहान ८: ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो। 

 

Skip This
Skip This
Logo