पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सीताको निधनमा दुःख व्यक्त गर्दै पूर्वराजाले आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएर श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।
उपचारका क्रममा बुधबार बिहा ८:३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा सीताकाे निधन भएको हो । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।





























प्रतिक्रिया