प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ। बुधबार श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन्।
प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ। लामो समयदेखि बिरामी रहेका प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो।





























प्रतिक्रिया