जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध सङ्घीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आगामी साउनमा हुने भएको छ। एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय कानुन व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुने बताइएको छ।
सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानीलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुन लागेको सङ्घीय कानुन व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दीपक राईले जानकारी दिए।
सम्मेलनलाई जनता समावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ।राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गर्ने निर्णय भइसकेको उनले जानकारी दिए। कानुन व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासङ्घ अन्तर्गतको मुख्य घटक सङ्गठनका रुपमा सक्रिय छ।





























प्रतिक्रिया