सामाजिक सञ्जाल मर्यादित बनाउन ठोस कदम चाल्छाैंः सञ्चारमन्त्री शर्मा

सामाजिक सञ्जाल मर्यादित बनाउन ठोस कदम चाल्छाैंः सञ्चारमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सुचना प्रविधीमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादीत बनाउन ठोस कदम चाल्ने बताएकी छिन् । 

विहीबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले कानून बनाएर नै सामाजिक सञ्जाल नियमन गर्ने बताएकी हुन् । ‘सामाजिक संञ्जालको विषयमा हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी समाजिक सञ्जाललाई मर्यादीत गर्न ठोस कदम चाल्ने छौं ।’ उनले भनिन्, ‘आमसञ्चार माध्यमलाई थपजिम्मेवार बनाउन पे्रस काउन्सिल नेपालमार्फत पत्रकार आचार संहिता कार्यन्वयनमा जोड दिइएको छ।’

उनले आवश्यक कानून तर्जुमा गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारीसमेत दिइन् । 

Logo