‘सन् २०३० सम्म स्वच्छ खानेपानीको लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण’ -मन्त्री यादव

‘सन् २०३० सम्म स्वच्छ खानेपानीको लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण’ -मन्त्री यादव

केन्द्रबिन्दु
0
Shares

खानेपानी मन्त्री महेन्द्र राय यादवले, सन् २०३० सम्म स्वच्छ खानेपानीको पहुँचको लक्ष्य पुरा गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् । 

बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत छलफल पछि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले निर्धारित दिगो विकासको लक्ष्य पूरा गर्न कठिन हुने देखिएको बताएका हुन् । उनले भने, ‘दिगो विकासको लक्ष्य अनुसार २०३० सम्म जनसंख्याको शत् प्रतिशत आधारभुत खानेपानी, ९० प्रतिशतमा स्वच्छ खानेपानी पहुँच पु-याउने लक्ष्य पुरा गर्न हामी सबैको चुनौती छ ।’ 

उनले सरसफाई क्षेत्रमा निर्धारित लक्ष्य हासिल गर्न अथक प्रयास गर्नु पर्ने बताएका छन् । खानेपानी तथा सरसफाई ऐन २०७९ को प्रकाणिकरण संगै राज्यको खानेपानी तथा सरसफाई प्रतिको दृष्टिकोण फराकिलो हुँदै गएको उनको भनाई छ । 

Skip This
Skip This
Logo