प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन हुने

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन हुने

केन्द्रबिन्दु
0
Shares

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिर्वतनगर्न लागिएको जानकारी दिएका छन् । 

राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८०माथि मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सूचिकृत बेरोजगार नागरिकलाई श्रम बजारको मागअनुसारको सीप र क्षमता विकास गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्न लागिएको बताएका हुन् । 

उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचिकृत बेरोजगार व्यक्तिहरुलाई श्रमबजारको मागअनुसारको सीपमूलक तालिम प्रदान गरी दक्ष बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ ।’

त्यस्तै उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको मागअनुसारको दक्ष जनशक्ति निर्माण गर्न वैदेशिक रोजगार बोर्डले केही विद्यालयहरुमा सीप विकासको पाठ्यक्रम तयार गरी कमाउँदै र पढ्दै काम गर्ने खालको पाईलट प्रोजेक्टको रुपमा तालिम दिन लागिएको जानकारी पनि गराएका छन् । 

Skip This
Skip This
Logo