काभ्रेको बाहुनडाँडामा अत्याधुनिक चलचित्र स्टुडियो बन्ने [मन्त्रिपरिषद्का निर्णयहरु]

काभ्रेको बाहुनडाँडामा अत्याधुनिक चलचित्र स्टुडियो बन्ने [मन्त्रिपरिषद्का निर्णयहरु]

केन्द्रबिन्दु
3
Shares

सरकारले काभ्रेको बाहुनडाँडामा अन्याधुनिक चलचित्र स्टुडियो बनाउन अनुमति दिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का विभिन्न तीनवटा बैठकको निर्णय सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा अत्याधुनिक चलचित्र छायाँकन स्टुडियो निमार्ण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिइन् । उनले भनिन्- ‘काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तरगत रहेको बाहुनडाँडा सामुदायीक वनको कूल २.५ हेक्टर जग्गा प्रयोग गर्न स्विकृत दिने निर्णय भएको छ ।’

त्यस्तै, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा नेपालको खुल्ला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको सानो थिमीमा तोक्ने निर्णय गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७८, ७९ र २०७९, ८० दुई वर्षमा वार्षिक रुपमा न्यूनतम १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजत पत्र प्राप्त संस्थाको इजाजत पत्र आउँदो २०८०, ८१ को लागि नविकरण गर्न आएमा नविकरण गरिदिने गरी बाधा फुकाउने निर्णय गरेको छ । 

त्यस्तै मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्विकृति दिनुका साथै वन्यजन्तुबाट क्षति भएवापत राहत वितरण गर्ने निर्देशिका २०८० स्विकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।  

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु-

Skip This
Skip This
Logo