भारतीय पक्षलाई प्रवक्ता श्रेष्ठको जवाफ, अनर्गल प्रचार र बकवास बन्द गर

भारतीय पक्षलाई प्रवक्ता श्रेष्ठको जवाफ, अनर्गल प्रचार र बकवास बन्द गर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताएका छन् । प्रवक्ता श्रेष्ठले बिहिबार ट्वीट गर्दै भारतीय सञ्चार माध्यमको अनर्गल प्रचार र बकवासले सीमा नाघेको बताएका हुन् ।

नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली जनता एक ढिक्का रहेको उनको भनाइ छ ।
‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौँ– श्रेष्ठले ट्वीटमा उल्लेख गरेका छन–‘यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अनगल प्रचारले सीमा नाघ्को उनको भनाइ छ । उनले ट्वीटरमा थपेका छन्–‘हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।’

Logo