नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ। गत शुक्रबार देखी जारी भएको केन्द्रिय सचिवालय बैठक आज पनि बस्न लागेको हो।

सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार आजको बैठक बिहान ९ बजे देखी सुरु हुनेछ।  

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ।समसामयिक घटनाक्रम,सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल,उपमहासचिवद्वय डा.विजय पौडेल र डा.गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए। आजको बैठक अन्य नेताहरुले धारणा राख्ने छन्।

Skip This
Skip This
Logo