विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेशिनेको संख्या झन बढ्याेः शंकर पोखरेल

विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेशिनेको संख्या झन बढ्याेः शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भएपछि विदेशिनेको संख्या बढेको आरोप लगाएका छन्।नेकपा एमालेको सरकार हुँदा विदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोड्न आग्रहसमेत गरेका छन्। 

‘नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने,‘तर, तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। 

उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरुले राष्ट्रिय मान्यता पाएको पार्टी आएपछि थप समस्या भएको बताएका छन्। ‘विदेशमा गएकाहरुलाई देश फर्काउछौँ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै बढ्यो,’ उनले भनेका छन्,‘के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र बेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ।’

Logo