भीम रावल पुनः एमालेमा भए सक्रिय, अछाममा गरे कार्यकर्ता भेला

भीम रावल पुनः एमालेमा भए सक्रिय, अछाममा गरे कार्यकर्ता भेला

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम रावल पुनःपार्टीमा सक्रिय भएका छन्। गृह जिल्ला अछाम पुगेका पूर्वउपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन्। 

अछाम,साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारवाहीका बारेमा छलफल गरेका छन्। उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन्।

चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहँदै आएका छन्। केन्द्रिय सदस्यसमेत अस्विकार गरेका रावलले पार्टीको पद तथा गोपनियताको सपथसमेत लिएका थिएन। उनलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो।

तर, लामो समयदेखी पार्टी गतिविधिमा असंलग्न रहदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका छन्। 

Logo