नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्ने प्रस्ताव गरेका छन् ।
झण्डै एक वर्षपछि मंगलबार पार्टी कार्यलयमा सुरु भएको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै महामन्त्री थापाले अब प्रत्येक दुई महिनामा पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने र वर्षको दुईपटक काठमाडाैँ बाहिर राख्नु पर्ने प्रस्ताव गरे ।
उनले भने, ‘प्रत्येक २ महिनामा एकपटक बैठक बस्ने । आवश्यकताको आधारमा बस्ने । सभापति ज्यूको जिम्मेवारी अधिकार भएकोले बोलाउने कुरा भईहाल्छ । श्रावणमा बसिसकेपछि असोज, मंसिर,माग,चैत ,असारको पहिलो हप्ता बस्ने वर्षको न्यूनतम २ वटा बैठक चाहीँ उपत्यका भन्दा बाहिर गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौं ।’
उनले कांग्रेसका विभिन्न ४८ वटा विभागहरुमा नयाँ विभाग थप्नुकाे आवश्यकतासमेत औंल्याए ।
भाद्र १५ गते सम्ममा सबै विभागहरुको गठन गर्ने र पूर्णता दिइसक्ने र प्रत्येक विभागले कार्यक्षेत्र अन्तर्गत कार्यक्रम बनाई कार्यतालिकासहित वार्षिक योजना भाद्र मसान्त भित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने उनको भनाई छ।































प्रतिक्रिया