संसदमा एमाले आक्रामक बन्याे, तर काँग्रेस कमजोर देखियो -प्रमुख सचेतक लेखक

संसदमा एमाले आक्रामक बन्याे, तर काँग्रेस कमजोर देखियो -प्रमुख सचेतक लेखक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कांग्रेसको उपस्थिति कमजोर देखिएको टिप्पणी गरेका छन् । 

मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा प्रमुख सचेतक लेखकले गत पुस १० गते बनेको गठबन्धन फागुनमा भत्किएपछि एमाले संसद्मा आक्रामक भएको तर कांग्रेसको उपस्थिति कमजोर देखिएको सुनाए । उनले भने, ‘संसद्मा अहिले एमाले आक्रामक छ । सरकारबाट बाहिरिएपछि एमाले आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। तर हाम्रो उपस्थिति कमजोर भएको छ।’

संसद् बैठकमा कांग्रेस सांसदहरुको कम उपस्थितिले कहिलेकाहीँ विधेयक नै पारित हुन नसक्ने अवस्था आएको उनको भनाई छ ।

Skip This
Skip This
Logo