काँग्रेसभित्र विकेक केन्द्रीत छलफल सुरु भएको छः उपसभापति गुरुङ

काँग्रेसभित्र विकेक केन्द्रीत छलफल सुरु भएको छः उपसभापति गुरुङ

केन्द्रबिन्दु
0
Shares

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र विवेक केन्द्रीत छलफल सुरु भएको बताएका छन् । 

मंगलबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै उपसभापति गुरुङले बैठक जस्ताको तस्तै सार्वजनिक हुनुले आवेग नभएर विवेकमा केन्द्रीत छलफलको आधार तयार गरेको तर्क गरेका हुन् । 

‘छलफलमा के भइरहेको छ भनेर जनताको बीचमा जस्ताको त्यस्तै लिएर आएका छौं । भित्र एउटा बोल्ने बाहिर अर्को म्यासेज जाने पनि परम्परा थियाे, त्यसको अन्त्य हुन्छ । यसले एउटा सेल्फ कन्ट्रोल पनि गर्छ । बैठकमा जुन ढंगले आवेगमाथि आवेगको प्रस्तुति हुन्थ्यो अब यो अभ्यासले आवेगमा हैन विवेकमा केन्द्रीत भएर सुरु हुन्छ ।’

उनले अब कांग्रेसले देखाउन हैन योजनाहरु कार्यान्वयन गर्नकै लागि तयार गर्ने दाबी गरे । ‘नेपाली कांग्रेसकोले प्रस्ताव पूरा गर्नकै लागि राखेको हो । यो देखाउनको लागि हैन, कार्यन्वयन गर्न कै लागि हो । कांग्रेसलाई सुधार्न कै लागि यो कार्यतालिका बमोजिम काम गर्नुपर्छ ।’ उनले भने । 

Skip This
Skip This
Logo