कांग्रेस केन्द्रीय समिति बैठकः आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठकः आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन्। प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।  

केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गर्दै सकिएको थियो। मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन,अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ। 

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा विषय राखेका थिए। 

Skip This
Skip This
Logo