प्रधानमन्त्री प्रचण्डले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन्।

लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो। 

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार,गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ। 

बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभाबित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहनेछ।

Logo