राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हालै पारित विधेयकले हिंसालाई प्रोत्साहन गरेको बताएका छन्। केही नेपाल ऐन संसोधन गर्न विधेयक-२०८० पारित भएसँगै अध्यक्ष थापाले असन्तुष्टी जनाएका हुन्।
‘हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ,’उनले भनेका छन्,‘विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर,हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भइहाल्छ भन्ने सन्देश दिएको छ,गणतन्त्र भनेको यही हो?’ प्रतिनिधिसभाकाे पछिल्लाे बैठकबाट उक्त विधेयक पारित भएपछि सर्वत्र आलाेचना भइरहेकाे छ।
































प्रतिक्रिया