व्यक्ति बलियो हुन कांग्रेस रूपान्तरण अभियान चलाइयाेः केन्द्रीय सदस्य घले

व्यक्ति बलियो हुन कांग्रेस रूपान्तरण अभियान चलाइयाेः केन्द्रीय सदस्य घले

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घलेले व्यक्ति–व्यक्ति बलियो हुन कांग्रेस रूपान्तरण अभियान चलाइएको आरोप लगाएकी छन् । 

बुधबारको केन्द्रीय समिति बैठकमा उनले रूपान्तरण अभियान पार्टीलाई बलियो बनाउनभन्दा पनि व्यक्ति बलियो बनाउन केन्द्रित रहेको आरोप लगाएकी हुन् । ‘धेरै साथीहरू रूपान्तरण अभियानमा लाग्नुभएको छ । गाउँ–गाउँमा पुग्नुभएको छ। रुपान्तरणको पक्षमा हामी पनि छौं । रूपान्तरणको नाममा कांग्रेस बलियो बनाउनभन्दा पनि साथीहरू व्यक्ति–व्यक्ति बलियो बनाउन लाग्नुभएको हो कि भन्ने लागेको छ।’

पार्टी बलियो बनाए मात्रै सबै बलियो हुने उनको भनाई छ । उनले कांग्रेसरूपी ढुंगा प्वाल पर्दा सबै डुब्ने बताइन् । 

Skip This
Skip This
Logo