सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को बैठक आज बस्दैछ। बैठक बिहान ८ः३० बजेबाट कीर्तिपुर,चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु हुने र आजै टुंग्याउने तयारी रहेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
बैठकमा सदस्यहरूले धारणा राख्ने काम सकिइसकेको छ। यसअघि बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए।उपाध्यक्ष पाण्डेले गठबन्धन गरेपनि मत ट्रान्सफर हुन नसकेको धारणा राखेका थिए। पाण्डेले गठबन्धन नभएका ठाउँमा सबैतिर उम्मेदवार दिन सकेको भए राष्ट्रिय बन्ने अवस्था सिर्जना हुने धारणा राखेको पाण्डेले बताए।
‘काँग्रेस, माओवादी केन्द्रले कतिपय ठाउँमा हामीलाई नै चाहिन्छ भन्नेजस्तो पनि गरे। त्यसो हुँदा उम्मेदवारी नै हाम्रो कम भयो। गठबन्धन भएका ठाउँमा गठबन्धन गर्ने, नभएका ठाउँमा उम्मेदवारी दिन सकेको भए मत बढ्थ्यो भन्ने धारणा राखेँ,’ उनले भने। त्यस्तै बैठकमा महाधिवेशनबारे पनि छलफल भएको छ। ‘मंसिरदेखि फागुनभित्रमा महाधिवेशन गर्नेगरी धारणा आएका छन्। यसबारे पनि निर्णय हुने छ,’ उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकले एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप आदिबारे पनि साझा दृष्टिकोण तय गर्ने पनि बताए। मन्त्रीहरूको कार्यव्यस्ताका कारण बैठक बीचबीचमा स्थगित गर्नुपरेको पनि खतिवडाले बताए।
बैठकमा सङ्गठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुति, आगामी कामको विस्तृत योजना, कार्य विभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ। एकीकृत समाजवादीको सचिवालय १५ सदस्यीय छ।































प्रतिक्रिया