गगनमाथि सुरेन्द्रकाे कटाक्ष- देउवा डुबे तपाईँ पनि डुब्नुहुन्छ

गगनमाथि सुरेन्द्रकाे कटाक्ष- देउवा डुबे तपाईँ पनि डुब्नुहुन्छ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन्। केन्द्रीय समितिको तेस्रो दिन चलिरहेको बैठकको प्रारम्भमा बोल्ने क्रममा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको बोलीप्रति लक्षित गरेका हुन्।

थापाले संसदीय दलको नेताको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन्।‘विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन। सभापतिले पनि सक्नुहुन्न्। कसैले पनि सक्दैन। त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो। त्यो गरौं,’ थापा लक्षित बोलीमा पाण्डेले भने, ‘त्यसमा आपत्ति छैन। पाइन्छ, गर्ने पनि हो सकिन्छ भने। गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं।,पार्टीको नेगेटिभ भ्रम फैलिने गरि अतिरञ्जित नगरौं। शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ। सबै एउटै डुंगामा छौं । यो डुंगालाई पार लाउन कठिन छ।’

Skip This
Skip This
Logo