‘कांग्रेसमा महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा जस्तो’ -उर्मिला नेपाल

‘कांग्रेसमा महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा जस्तो’ -उर्मिला नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला नेपालले महामन्त्री गगन थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डालाई बेमौसमी बाजा जस्तो भएको बताएकी छन् । 

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले भनिन्, ‘नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ यो मलाई बेमौसमको बाजा जस्तो लाग्छ ।  किनभने भर्खरै मात्र हामीले हामीले अधिवेशन सकेका छौँ। यो सकेको धेरै समय भएको छैन । हामीले नेतृत्व जसलाई सुम्पिएका छौँ । विधान अनुसार नै उहाँलाई जिम्मेवारी दिएका हौँ । हामीले काम गर्ने मौका दिनुपर्छ । परिवर्तनको कुरालाई गम्भिर रुपमा लिन सबैलाई आग्रह गर्दछु ।’

केन्द्रीय सदस्य नेपालले अनुशासन समितलिाई पूर्णता दिनु पर्ने र कांग्रेसलाई यो बैठकबाट गुटमुक्त बनाएर लानु पर्ने बताइन् । यो बैठकले गुट उपगुटको प्रवित्तलाई अत्य गर्ने विश्वास लिएको उनको भनाइ छ । 

उनले कांग्रेस गठबन्धनकै कारणले पहिलो पार्टी बन्न सफल भएको पनि बताएकी छन् । 

Logo