कांग्रेसलाई जनतासँग जोड्ने वडालाई बढी प्राथमिकतामा राखौंः केन्द्रीय सदस्य आचार्य

कांग्रेसलाई जनतासँग जोड्ने वडालाई बढी प्राथमिकतामा राखौंः केन्द्रीय सदस्य आचार्य

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले नेपाली कांग्रेसलाई जनताहरुसँग जोड्ने स्थानीय तहलाई बढी प्राथमिकतामा राख्नु पर्ने बताएका छन्।
 
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारण राख्दै नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी हो र भविष्यमा पनि रहने विश्वास व्यक्त गर्दै यसको लागि वडा र स्थानीयलाई सँगसँगै लानुपर्ने बताए।
 
उनले भने, ‘नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी हो र भविष्यमा पनि पहिलो नै हुन्छ भन्ने विश्वास छ। सहजीकरण गर्ने क्रममा हामीले वडा र स्थानीयलाई भूलेको जस्तो लाग्छ। नेपाली कांग्रेसको जनताहरुसँग जोड्ने वडा अध्यक्षहरु हो यसमा हामीले विशेष ध्यान दिएर लानुपर्ने छ त्यसपछि मात्र नेपाली कांग्रेस आउँदो दिनमा अझ बलियो भएर जान्छ भन्ने मेरो विश्वास छ। ’ 

केन्द्रीय सदस्य आचार्यले नेपाली कांग्रेसले गरेका कामहरु जनतामा सहि ढङ्गमा लान नसक्नु प्रमुख समयको रुपमा देखा परेको बताए। उनले भने,‘नेपाली कांग्रेसको अर्थनीतिले राज्यको राजस्व बढेको छ,तर यो कुरालाई हामीले जनतामा डाटासहित स्थापित गर्न सकेनौँ,नयाँ दलहरुले यसको श्रेय र भागेदार लिएका छन्। नेपाली कांग्रेसको योगदान र ज्ञानका बारेमा महत्वपूर्ण तरिकाले ध्यान दिनुपर्ने हुन्छ। ’

Skip This
Skip This
Logo