मिनेट-मिनेटमा मेयर हर्क साम्पाङको फेसबुके टिप्पणी, आज मात्रै के-के लेखे ?

मिनेट-मिनेटमा मेयर हर्क साम्पाङको फेसबुके टिप्पणी, आज मात्रै के-के लेखे ?

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले धरानको विकास निर्माणमा दत्तचित्त भई लागेका कारण सबैको नजर उनमा परेको छ। तर, उनी विवादबाट पनि अछुतो छैनन् । 

सामाजिक सञ्जालमा छाइरहने मेयर साम्पाङका फेसबुके टिप्पणीहरुमाथि टिप्पणी गरेर साध्यै छैन । मिनेट मिनेटमा सामाजिक सञ्जालमा उनका टिप्पणी आइरहन्छन्, कतिले मन पराउँछन् त कतिले आलोचना गर्न भ्याउँछन् । 

हालैमात्र धरान- १४ सिंहदेवी चोकमास्तिर रहेको सय वर्ष पुरानो बालगोपाल मन्दिरको अगाडि एउटा चर्च बनेको विषयलाई लिएर विवाद सुरु भएपछि त उनको फेसबुके टिप्पणीको वर्षा हुने गरेको छ । उनी सामाजिक सञ्जालमा जे लेखिरहेका छन्, ती सहजै नजरअन्दाज गर्न सकिने खालका पनि छैनन् ।

आज बिहान ५ बजे धरान -१६ नौलो बस्तीमा बहुभाषिक पाठशालाको सिलान्यास कार्यक्रमको जानकारी गराएका मेयर साम्पाङले पछिल्लो टिप्पणीमा भनेका छन्, ‘कुरा त सबैले गर्छन् तर सत्य कुरा गर्नेहरु मात्रै मानिस हुन् ! कुरामा सत्यता भए त्यो कुरा आफैमा एउटा शक्ति हो ! यो कुरा बुझ्न पनि घाँसहरुलाई १० बर्ष जति लाग्छ या आजीवन बुझ्न सक्दैनन् पनि !’ 

No description available.

आफ्नो आलोचना बढेपछि दिक्क मानेका उनी त्यसअघि लेख्छन् ‘मलाई मन पर्दैन भने ब्लक गरिदेऊ न गुइँठा हो ! किन रिसाउँदै मेरो स्टेटसको पर्खाइमा दिन बिताउँछौ ? बरु बिरुवा रोप्न जाऊ ! सिन्को भाँच्न जान्या होइन ! गफ लाउँता है’ 

No description available.

‘मेरो देश अरु कसैले बनाइदिंदैन ! त्यसैले हिँडियो बिरुवा रोप्न ! म हुँ श्रमदाता !’ आज सबेरै उनले भनेका छन्, ‘नेपाल सरकारले लिपुलेक लिम्पियाधुरा तिर बिरुवा रोप्नु पर्छ ! सिंह दरवार भित्र वैठक बसेर मात्रै हुँदैन !’  

No description available.

‘न्याय … आखिर के हो न्याय ? आफू अनुकुलको अवस्थालाई न्याय भन्न सकिन्न ! सबैको अनुकुलता र समानताको अवस्थालाई न्याय भनिन्छ !’ त्यसपछि उनले भनेका छन् । कहिले सुन तस्करी प्रकरणविरुद्ध भाषण गरेको भिडियो पोष्ट गरेका छन् त कहिले वृक्षारोपणको भिडियो शेयर गरिररहेका हुन्छन् । 

No description available.

Logo