स्वदेश फर्कियो चिनियाँ प्रतिनिधिमण्डल

स्वदेश फर्कियो चिनियाँ प्रतिनिधिमण्डल

केन्द्रबिन्दु
0
Shares

चीनको चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । आइतबार श्रीलङ्का हुँदै नेपाल भ्रमणमा आएको युआन नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार स्वदेश फर्किएको हो । 

नेपाल भ्रमणमा पोलिटब्यूरो सदस्य युआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए । साथै इटालीको रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चूअल मार्फत संवाद गरेका थिए भने माओवादी केन्द्रका पदाधिकारीसँग उनले डिनर मिटिङ गरेका थिए । 

सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतसँग  संवाद गरेको प्रतिनिधिमण्डलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किएको हो ।  

Logo