काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछः रमेश लेखक

काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछः रमेश लेखक

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन्। 

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको बताएका हुन्। “यो बैठकले पार्टीभित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ। सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो। बैठक सकारात्मक छ, भोलि निष्कर्षमा पुग्नेछौँ,” उनले भने,“काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ। फेरबदल अहिले कति देखिए, कति देखिएनन्। तर, फेरबदल स्वभाविक हुन् र यी हुन्छन्।”

त्यस्तै, प्रमुख सचेतक लेखकले कांग्रेसको लामो समयपछि बसेको बैठक सकारात्मक भएको र अनअपेक्षालाई समेटेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा जोड दिए । 

Logo