नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टीकाे केन्द्रीय समितिको बैठक शक्ति प्रदर्शन गर्ने थलो बनेको टिप्पणी गरेका छन् ।
४१औं वीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहर र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता भण्डारीले केन्द्रीय समितिको बैठक समसामयिक विषयका चर्चा गर्नुभन्दा पनि शक्ति प्रदर्शन गर्ने थलो बनेको बताएका हुन् ।
बैठकमा राष्ट्रिय एजेण्ड र परराष्ट्र नीतिमाथि छलफल गनुपर्ने अवस्थामा एकअर्कालाई गाली गर्ने काम मात्रै भएको पनि उनको टिप्पणी रहेको छ । यस्तो प्रवृत्तिले नेपाली काँग्रेसलाई कमजोर बनाएको भन्दै यसलाई रोक्नु आजको आवश्यकता भएको बताए ।
‘कति दिन वीपीको नाम जप्नी कर्म नगर्ने नाम जप्नी, वीपीको नाम मात्रै लिएर हामीले चाहेको परिणाम आउँदैन । धनराज यहाँ आउनु भएको छ, तपाईहरु महामन्त्री बन्नु भयो, उपाध्यक्ष बन्नु भयो अहिलेसम्म तपाईहरु सँगै बसेर पार्टी सभापतिसँग यो काम गर्नुपर्छ भनेर भन्नु भएको छ कि छैन ?’ उनले भने, ‘हामीले यो पार्टी बनाउँदा सबै सँगै बसेर कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपमा छलफल नगर्दा भनाई खान परेको छ । आफ्नो घर बनाउँन वीपीको नाम लिनु पाप हो ।’































प्रतिक्रिया