आफैँ रुपान्तरण नभएसम्म लक्ष्य हासिल हुन्नः कानूनमन्त्री गुरुङ

आफैँ रुपान्तरण नभएसम्म लक्ष्य हासिल हुन्नः कानूनमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेस उपसभापति धनराज गुरुङले आफैँले आफैँलाई रुपान्तरण नगरेसम्म लक्ष्य हासिल गर्न नसकिने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ४१औँ बीपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठी कार्यक्रममा मन्त्री गुरुङले गन्तव्यहीन भएर अलमलिनु परेको छ कि सही गन्तब्यमा छौँ भन्ने महत्वपूर्ण कुरा भएको बताएका हुन् । 

‘हामीले नेपाली जनताको लागि मुलुकको लागि देशको लागि नै राजनीति गरिरहेका छौं भन्ने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । के हाम्रो यात्रा गन्तव्य ठिक ठाउँमा पुग्न खोजिरहेको छ या फेरि हामी पनि अलमलिरहेका छौं ?’ उनले भने । 

सिंगो मुलुकको रुपान्तरण गर्ने हो भने त्यो भन्दा अगाडी पार्टीको र पार्टीभित्र भएका नेताहरु रुपान्तरित भएर देखाउनुपर्ने उनको तर्क छ । आफैं रुपान्तरण नहुनेले पार्टीको रुपान्तरण गर्न नसक्ने र पार्टीको रुपान्तरण गर्न नसक्नेले देशको रुपान्तरण गर्न नसक्ने उनको भनाई छ । 

Skip This
Skip This
Logo