आफैँ रुपान्तरण नभएसम्म लक्ष्य हासिल हुन्नः कानूनमन्त्री गुरुङ

आफैँ रुपान्तरण नभएसम्म लक्ष्य हासिल हुन्नः कानूनमन्त्री गुरुङ


कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेस उपसभापति धनराज गुरुङले आफैँले आफैँलाई रुपान्तरण नगरेसम्म लक्ष्य हासिल गर्न नसकिने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ४१औँ बीपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठी कार्यक्रममा मन्त्री गुरुङले गन्तव्यहीन भएर अलमलिनु परेको छ कि सही गन्तब्यमा छौँ भन्ने महत्वपूर्ण कुरा भएको बताएका हुन् । 

‘हामीले नेपाली जनताको लागि मुलुकको लागि देशको लागि नै राजनीति गरिरहेका छौं भन्ने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ । के हाम्रो यात्रा गन्तव्य ठिक ठाउँमा पुग्न खोजिरहेको छ या फेरि हामी पनि अलमलिरहेका छौं ?’ उनले भने । 

सिंगो मुलुकको रुपान्तरण गर्ने हो भने त्यो भन्दा अगाडी पार्टीको र पार्टीभित्र भएका नेताहरु रुपान्तरित भएर देखाउनुपर्ने उनको तर्क छ । आफैं रुपान्तरण नहुनेले पार्टीको रुपान्तरण गर्न नसक्ने र पार्टीको रुपान्तरण गर्न नसक्नेले देशको रुपान्तरण गर्न नसक्ने उनको भनाई छ । 

Logo