म घर जलाएर खरानीको व्यापार गर्ने पक्षमा छैनः काँग्रेस उपसभापति गुरुङ

म घर जलाएर खरानीको व्यापार गर्ने पक्षमा छैनः काँग्रेस उपसभापति गुरुङ


कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेस उपसभापति धनराज गुरुङले काँग्रेसलाई जलाएर खरानीको टिका लगाउने काममा आफू संलग्न हुन नसक्ने तर्क गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ४१औं बीपी स्मृती सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा पार्टीका केही नेताले आफ्नो नामै लिएर टिप्पणी गरेपछि उनले सार्वजनिक रुपमा पार्टी हित विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । 

उपसभापति गुरुङले भने, ‘काँग्रेसको घर जालएर खरानीको टिका लगाएर त्यही खरानीको व्यापार गर्ने यात्रामा धनराज गुरुङ कहिले पनि हुँदैन । काँग्रेसलाई होचो बनाउने, पार्टीलाई तल पार्ने गरेर सार्वजनिक रुपमा कसैले पनि भाषण दिने मन्तव्य दिने कुराहरु संग म सहमत छैन ।’ भित्र लडौँला, छलफल गरौँला तर मन्तव्य अभिव्यक्ति दिनेबेला काँग्रेसलाई केन्द्रबिन्दुमा राख्नुपर्ने उनको तर्क छ ।

Logo