भ्रष्टाचारको मुद्दामा काँग्रेस कठोर हुनैपर्छ, नत्र औचित्य समाप्त हुन्छः शेखर कोइराला

भ्रष्टाचारको मुद्दामा काँग्रेस कठोर हुनैपर्छ, नत्र औचित्य समाप्त हुन्छः शेखर कोइराला


नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टचारको मुद्दामा पार्टी कठोर हुन जरुरी भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ४१औँ बीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व’ विषयक विचार गोष्ठी कार्यक्रममा नेता कोइरालाले भ्रष्टाचारले गाँजिएको मुलुकमा काँग्रेस भ्रष्टचारमा शून्य सहनशिलताको हिसाबले अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘भ्रष्टाचारले देशलाई चारैतिरबाट गम्भीर तरिकाले गाँजिएको पाएको छु । जता जसरी जहाँ हेरे पनि भ्रष्टचार मात्र देखिन्छ । अबको यो केन्द्रीय समिति पछिको नेपाली काँग्रेस भ्रष्टचारमा शून्य सहनशीलताको हिसावले अगाडि बढ्नैपर्छ । नत्र भने नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ ।’ उनले भने । 

नेता कोइरालाले देशको दण्डहिनताको अन्त्य गर्न नसकिरहेको र राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिरहेको बताएका छन् । काँग्रेसले विधानलाई टेकेर हिड्ने हो भने धेरै चुनौतीहरु समाप्त उनको तर्क छ । 

Logo