भागबण्डा नमिलेपछि सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको निर्णय

भागबण्डा नमिलेपछि सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको निर्णय


नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहलाई मंगलबार एक पत्र लेख्दै नागरिक उन्मक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएकी हुन् ।  पत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौँ ।’

टीकापुरस्थित पार्टी कार्यालयमा भएको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्री पनि माग गरेको छ। 

 

Logo